newskoseli.Com

साहरुखको उचाई अब ३ फिट, तनु वेड्स मनुु महत्वकांक्षी प्रोजेक्ट

बलिउड चलचित्र तनु वेड्स मनु, राँझणा, तनु वेड्स मनु रिटन्र्स जस्ता सफल र चर्चित चलचित्र बनाउँदै आएका निर्देशक आनन्द एल रायले नयाँ कथामा ठूलो पर्दाको चलचित्र बनाउने जमर्को कसेका छन् ।

यस चलचित्रमा उनको बलिउड वादशाह साहरुख खानले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । राय केही वर्षदेखि साहरुख खानसँग काम गर्न इच्छुक थिए । उनी भन्छन्– ‘यो मेरो महत्वकांक्षी चलचित्र हो । यस चलचित्रका लागि मैले निकै मेहनत गरेको छु ।’ रायको भनाई अनुसार यो होचो मान्छेको कथा हो तर, उसको मन निकै ठूलो छ । यो चलचित्रमा साहरुखको उचाई लगभग ३ फिटको हुनेछ ।

जमिनसँग जोडिएको कथामा चलचित्र बनाएका रायको लगानीमा बनेको  चलचित्र निल बट्टे सन्नाटालाई समिक्षकले तारिफ गरेका थिए । उनी भन्छन्– ‘यस्ता चलचित्रलाई ज्युँदो राख्न बक्स अफिसको जरुरी छ ।’ साना कथाहरूले पनि क्रमश बक्स अफिसमा स्थान पाउँदै गएकोमा उनी खुसी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर