newskoseli.Com

विल्सनविक्रम ‘तोक्मे बुढा’ पनि बलिउड फिल्ममा

बलिउडमा बेलाबेलामा नेपाली अनुहारले स्थान पाउने गरेका छन्। त्यसै मेसोमा थपिएका छन्– नेपाली कलाक्षेत्रका चर्चित युवाकलाकार विल्सनविक्रम राई।

पछिल्लो समय सुनिल थापाले प्रियंका चोपडासँग ‘मेरी कोमु’ मा काम गरेका थिए भने त्यसअघि ‘बर्फी’ मा भोला सापकोटाले अभिनय गरेका थिए।

विल्सन हाल नाम सार्वजनिक नगरिएको एक बलिउड फिल्मको महाराष्ट्रको पुनामा  सुटिङ गरिरहेका छन्। उनले अभिनय गरेको फिल्ममा  नायिका आयसा टाकियासँग काम गरिरहेका छन्। फिल्ममा उनी नेपाली पात्रको भूमिकामा देखिनेछन्।

फिल्ममा उनको सुटिङ तालिका १० दिनको रहेको बताइन्छ। बाल मनोविज्ञान कथामा बनिरहेको फिल्म कमेडी प्रधान रहेको बताइन्छ। भारतबाट नेपालमा कन्सट गर्न आएको एक सांगीतिक समूहका सदस्यले वील्सनको चर्चा सुनेपछि यो प्रोजेक्टका लागि वील्सनलाई  सिफारिस गरेपछि सो फिल्ममा काम गर्ने मौका प्राप्त भएको हो।

साे फिल्मलाई नव निर्देशक आशुतोष वारङले निर्देशन गरिरहेका छन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर