newskoseli.Com

प्रियंका चोपडाले बिबाहवारे खोलिन् नयाँ तथ्य

बलिउड देखि हलिउड सम्म आफ्नो उत्कृष्ट अभिनयले चर्चित नायीका प्रियंका चोपडा अविबाहित छन्। बेला बेला उनको बिबाहको चर्चा हुने गरे पनि चोपडाले भने अझै केही समय बिहे नगर्ने बताउँदै आएकी छन्।

केही समयमा उनको हलिउड फिल्म बेवाचु रिलिज हुँदैछ। यो फिल्म २६ मे २०१७ मा प्रदर्शनमा आउने छ। बेवाचको टिजर पनि सार्वजनिक भइसकेको छ।

३४ बर्षीय प्रियंकाले हालै एक अन्तर्वार्ता दिँदै आफ्नो व्याक्तिगत र व्यवसायीक जीवनको बारेमा केही तथ्यहरु खोलेकी छन्। उनले बिहेको बारेमा आमासँग कुरा नभएको बताएकी छन्। उनले भनेकी छन्,’मेरी आमा पनि बिहेको बारेमा त्यति चिन्तित हुनुहुन्न।

उहाँले आफै पनि ढिलो बिहे गर्नु भएको थियो।’ बिहे गर्ने बेला भए पछि आमाले मलाई त्यसको लागि तयार हुन भन्नु हुने छ, चेपडाले भनेकी छन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर