newskoseli.Com

बलिउडको चचिर्त स्टार करिना कपुर बनिन् आमा

चर्चित बलिउड स्टार करिना कपुर आमा बनेकी छन् । करिना कपुर र उनका पति शैफ अलि खान दुवैले नवजात शिशुको नाम तैमुर अली खान पटौदी मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरि जनाएका छन् ।

मुम्बईको एक अस्पतालमा करिनाले आफ्नो छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शैफले बताएका छन् । उनले भनेका छन्, ‘म आफ्नो छोरा तैमुर खान अली पटौदीको जन्मको खबर सुनाउन पाउँदा असाध्यै खुसी छु । म मिडियालाई धन्यवाद दिन चाहन्छु, जसले पछिल्ला ९ महिना हामीलाई साथ दिए । खासगरी समर्थकलाई उनीहरुको मायाका लागि धन्यवाद ।

मेरो र करिनाको तर्फबाट तपाईहरु सबैलाई मेरी क्रिसमस र ह्याप्पी न्यु इयर ।’ पछिल्ला ९ महिनादेखि करिना कपुर गर्भवती भएका खबर भारतीय मिडियामा छाएका थिए ।

यसलाई भारतीय मिडियामा सबैभन्दा बढी कभर गरिएको प्रेग्नेन्सीको खबर मानिएको छ । सैफ अली खान र करिना कपुरले पाँच वर्षको प्रेम सम्बन्धपछि सन् २०१२ मा विवाह गरेका थिए । सैफ पूर्व भारतीय क्रिकेट टिमका कप्तान मनसुर अली खान पटौदी र पूर्व नायिका सर्मिला टैगोरका छोरा हुन् भने करिना कपुर बाबु आमा र हजुरबुवा हजुरआमामध्ये केही बलिउडका चर्चित कलाकार हुन् । करिना कपुर र सैफ अलि खानको छोरा जन्मिएकोमा बलिउड कलाकारदेखि सामाजिक सञ्जाल प्रयोगकर्ता सम्मको बधाईको ओइरो लागेको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर