newskoseli.Com

श्रद्धालार्इ चलचित्र ‘रक अन २’ को व्यापारले ठूलो झट्का

बलिउडमा ‘तीन पत्ती’ नामक चलचित्रबाट करिअर सुरु गरेपनि नायिका श्रद्धा कपुरलाई ‘आशिकी २’ ले उचाइमा ल्याएको हो । यो चलचित्रको व्यापारले श्रद्धा बलिउडमा संभावना बोकेकी नायिकाको रुपमा उदाएकी थिइन् । यसपछि, उनले लगातार हिट चलचित्र दिइन् ।

उनले अभिनय गरेका ‘एक भिलेन, एवीसीडी २, वाघी जस्ता चलचित्र हिट भए । जसले श्रद्धालाई बलिउडकी चर्चित नायिका बनाइदियो । उनी अभिनित केहि चलचित्र रिलिजका क्रममा छन् । जसले श्रद्धाको करिअरलाई अझ उचाइमा लैजाने पक्का छ । तर, यो बर्षको अन्त्यमा रिलिज भएको चलचित्र ‘रक अन २’को व्यापारले उनलाई ठूलो झट्का दिलाएको छ ।

सय करोड क्लबकी क्विन बनिसकेकी श्रद्धाको यो चलचित्रले ३ दिनमा जम्मा ७ करोडको व्यापार गर्‍यो । शुक्रबार २.०२, शनिबार २.४१ र आइतबार २.५८ करोडको व्यापार गर्दै यो चलचित्रले खराव कारोवार गरेको छ । जसले, निरन्तर हिट चलचित्र दिइरहेकी श्रद्धा कपुरको करिअरका लागि नै असर पर्ने देखिएको छ ।

‘रक अन’को रिलिजको समयमा यसको गीत गाउने गरेकी श्रद्धा यसको सिक्वेलमा काम गर्न चाहन्थिन् । सिक्वेलमा अफर आउँदा खुबै खुशी भएकी श्रद्धा अहिले भने चिन्तित छिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर