newskoseli.Com

प्रियंका चोपडा अब पञ्जावी फिल्मको निमार्णमा

मराठी फिल्मपछि बलिउडकी चर्चित नायिका प्रियंका चोपडा अब पञ्जावी फिल्मको निमार्णमा जुटेकी छिन्। केही समयअघि मात्र प्रियंकाको मराठी फिल्म ‘भेन्टिलेटर’ सार्वजनिक भएको थियो, जसको निर्देशन राजेश मापुसकरले गरेका थिए।

फिल्मको मुख्य भूमिकामा आशन्तोष गोवारिकर थिए। जसलाई धेरैले रुचाएका थिए। प्रियंकाले फिल्ममा एउटा गीत पनि गाएकी थिइन्। मराठी फिल्मको सफलतापछि प्रियंकाले पञ्जावी फिल्ममा ‘डेब्यु’ गर्ने घोषणा गरिन्, जसको जानकारी उनले ट्विटरमार्फत दिएकी छिन्। उनको आगामी पञ्जावी फिल्मको नाम ‘सरवन’ रहनेछ।

फिल्म आगामी महिना रिलिज हुँदैछ। प्रियंकाले पछिल्लो समय हलिउडमा पनि आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन्। तर, उनी आफ्नो प्रोडक्सन कम्पनीबाट क्षेत्रीय फिल्म बनाउन तल्लिन् छिन्। प्रियंकाको कम्पनी पर्पल पेबल्सबाट निमार्ण भएको पहिलो फिल्म भोजपुरी भाषाको थियो, जसको नाम ‘बम बम बोल रहा हे काशी’ थियो। फिल्ममा दिनेश लाल यादव निरहुआ मुख्य भूमिकामा थिए। प्रियंकाले पञ्जावी फिल्मको निमार्णको विषयमा केही समयभित्रै सार्वजनिक गर्ने बताएकी छिन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर