newskoseli.Com

यसकारण पोअसफल हुँदोरहेछ प्रेमविवाह !

आजको जमानामा निकै साधारण कुरा हो प्रेमविवाह । तर, ‘प्रेम’ शब्द सुन्दा जति रमाइलो लाग्छ, याे कहिलेकाहीं त्यति नै धेरै गलाको पासो बन्ने गरेकाे पाइन्छ ।

एक शोधका अनुसार प्रेमविवाह गर्ने ८० प्रतिशत मानिसहरुको सम्बन्ध केही समयपछि सिद्धिने गर्दछ । आखिर कसकाे के गल्तीका कारण यस्तो सम्बन्ध टुट्छ ? यसबारे जानकारी लिऔं ।

धेरैजसो प्रेमविवाहमा विवाहभन्दा पहिले पुरुषहरु महिलासामु ठीक त्यसरी पेस हुन्छन्, जसरी महिलाहरु चाहन्छन् । प्रेमका कारण महिलाले पनि पुरुषलाई विश्वास गरिरहेका हुन्छन् । तर, यस्तो गर्नुपूर्व तपाईंले सोच्नु आवश्यक छ किनभने ९० प्रतिशत पुरुषहरुले तपाईंलाई झुक्याइरहेका हुन्छन् ।

त्यसकारण विवाहभन्दा पहिले राम्रोसँग आफ्नो पुरुषबारे जानकारी लिनुहोस् । विवाहपछि जब पुरुषको असली रुप अगाडि आउँछ तब समस्या बल्झिन थाल्छ । धेरैजसो अवस्थामा विवाहपछि दुबैका परिवारको विषयमा पनि समस्या आउने गर्दछ ।

यदि दुबैले एक–अर्काको परिवारलाई सम्मान गर्दैनन् भने कुरा झगडासम्म पुग्ने गर्दछ । धेरैजसो अवस्थामा पुरुषले घरको सबै जिम्मेवारी महिलामाथि थोपर्ने गर्दछन्, जसका कारण पनि सम्बन्धमा दरार अाउने गर्दछ ।

विवाह दुई मानिसबीचको सम्बन्ध हो, त्यसकारण घरको काम होस् वा अरु कुनै– सबैमा दुबैको परस्पर सहयोग आवश्यक हुन्छ । महिलाहरुमा सधैं एउटा इच्छा हुन्छ कि आफ्नो श्रीमानले आमाका कुरा नसुनी आफ्ना कुरा सुनोस् । यो कुराले पनि दुबैबीच झगडा हुने गर्दछ र अन्ततः सम्बन्ध टुट्ने अवस्थासम्म पुग्दछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर