newskoseli.Com

सरोकारवालाको लापर्बाही, अस्पताल नै रोग सार्ने थलो

सम्बन्धित सरोकारवालाको लापर्बाहीका कारण महोत्तरीको जिल्ला अस्पताल, जलेश्वर, रोग सार्ने थलो बनेको छ ।

दैनिक करिब ५०० बिरामी उपचारका लागि आउने महोत्तरी जिल्ला अस्पतालमा चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ ।

जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाई वस्तु, सुँगुरबङ्गुरको मलमुत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न सडेगलेका फोहर वस्तु जताततै देखिन्छन् भने शौचालयमा दिसापिसाब माथिसम्म भरिएर चारैतिर फोहर बनाउनुका साथै पूरै अस्पताललाई दुर्गन्धित बनाएको छ ।

अस्पताल परिसर तथा अस्पतालका शौचालय र अन्य उपचार गर्ने स्थान समेत रहेका फोहरमैला र दुर्गन्धले यहाँ बिरामी भई उपचार गराउन आउने थप बिरामी हुने अवस्था आएको जलेश्वर–७ का कलामुद्दिन राईले बताए ।

अस्पताल परिसरमा जताततै फोहर, दुर्गन्ध र अस्पतालभित्रै रहेको शौचालय शौचले नै भरिभराउ हुँदा पूरै अस्पताल दुर्गन्धित भएको र सोही दुर्गन्ध र फोहरले विभिन्न रोगका जीवाणु र भाइरस पूरै वातावरणमा फैलाई रोगीलाई थप रोगी बनाइरहेको जलेश्वर–४ का माओवादी नेता विकु पासवानले गुनासो गरे ।

सम्बन्धित सरोकारवालाले उचित ध्यान नपु¥याउँदा करोडौँको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पतालमा बिरामीले स्तरीय उपचार पाउनुको साटो थप बिरामी हुनुपरेको तराइ मधेस सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश पाण्डेले बताए ।

महोत्तरी जिल्ला अस्पतालको यस्तो दुर्दशाबारे अस्पताल प्रमुख मनिष पाण्डेसँग सोधपुछ गर्दा उहाँले कर्मचारी (परिचर) अभावका कारण अस्पतालको सरसफाइमा केही कमी भएको बताए ।

तर स्थानीयले परिचरलगायत सम्बन्धित प्रशासन, इन्चार्ज र सम्पूर्ण स्वास्थ्य कर्मचारीले एकले अर्काको मुख ताक्नु तथा आ–आफ्नो जिम्मेवारी बहन नगर्नाले कुनै बेला अञ्चल अस्पताल रहेको जलेश्वर अस्पताल अहिले जिल्ला अस्पताल, रेफर अस्पताल र हुँदाहुँदै रोग सार्ने थलो बनेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर