newskoseli.Com

यी हुन् ‘यौनशक्ति बढाउने’ घरेलु उपाय !

प्राणीको प्राकृतिक आवश्यकता हो यौन । यसको चाहना सबैलाई हुन्छ । तर, चाहना हुँदाहुँदै पनि कतिपय पुरुषहरूमा यौन क्षमतामा कमी हुन्छ, जसका कारणले ‘भियाग्रा’ जस्ता औषधिको प्रयोग गर्नुपर्ने स्थिति आएको देखिन्छ । तर, त्यसले पछि गएर नकारात्मक असर पार्ने डाक्टरहरु बताउँछन् ।

यौन दुर्बलता भएकाहरुले ‘भियाग्रा’ खाइरहनु पर्दैन । यौन क्षमता बढाउने घरेलु औषधिहरु प्रशस्तै छन्, जसलाबारे यहाँ संक्षिप्तमा वर्णन गरिएको छ ।

गाँजर

प्रायः सम्पूर्ण मानिसहरूले गाँजरको प्रयोग गरी नै रहेका हुन्छन् । तर पनि यसको विशेषताबारे धेरैलाई थाहा नहुन पनि सक्छ । गाँजरमा हुने भिटामिन ‘ए’ ले धेरै नै यौनशक्ति प्रदान गर्दछ ।

गाँजरले पुरुषहरूमा यौन क्षमतामा निकै वृद्धि गराउँछ । भिटामिन र यौनकार्यमा निकै नै गहिरो सम्बन्ध हुन्छ । भिटामिनले पुरुषको शुक्राणु निर्माणमा तथा कामशक्ति बढाउन विशेष सहयोग पुर्‍याउँदछ । विशेषगरी गाँजरमा रहेको भिटामिनले यो कार्य गर्दछ ।

लसुन

लसुनमा हुने पौष्टिक तत्त्वले रगत सर्कुलेसनमा मद्धत पुर्‍याउँदछ । यसले रगतलाई अझै तीव्र बनाउने हुनाले यौनशक्तिमा पनि वृद्धि गराउँछ ।

भिंडी

‘भिटामिन सी’ ले भरिपूर्ण भिंडीको नियमित सेवनले तपाईंको यौनशक्तिमा एकदमै महत्त्वपूर्ण भूमिका खेल्दछ । जिङ्कको कमिले हुने यौन उत्तेजनमा कमीलाई यसको सेवनले परिपूर्ति गर्दछ । भिंडीको सेवनले थकान, कमजोरी आदि समस्याको समाधान हुन्छ ।

प्याज

लसुनजस्तै प्याजमा पनि पौष्टिक तत्त्व हुने भएकाले लसुनलेजस्तै यसले पनि यौनशक्ति बढाउन मद्धत पुर्‍याउँदछ ।

गोलभेंडा

गोलभेंडामा हुने लियोपिनले पुरुषको कामशक्ति बढाउनुको साथै यौन उत्तेजनामा हुने समस्या समाधान गर्दछ । साथै, गोलभेंडाको नियमित सेवनले पुरुषमा हुने प्रोस्टेट क्यान्सर पनि निको पार्दछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर