newskoseli.Com

मिर्गाैला साटासाट गरी प्रत्याराेपणबाट स्वास्थ्य लाभ

आपसी सहमतिबाट मिर्गाैला साटासाट गरी प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्यस्थिति हाल राम्रो भएको नेपाल मानवअङ्ग प्रत्यारोपण केन्द्रले जनाएकाे छ ।

नेपालमा नै पहिलो पटक भक्तपुरस्थित मानवअङ्ग प्रत्यारोपण केन्द्रमा साउन १२ गते दुई परिवार बीचको आपसी सहमतिबाट मिर्गाैला साटासाट गरी प्रत्यारोपण गरिएको थियो ।ताप्लेजुङ जिल्ला फूलबारीका ४९ वर्षीय खेमराज निरौलाले गोर्खा जिल्ला मनकामनाका ५२ वर्षीया माया थापाबाट र गोर्खा मनकामनाकै ४० वर्षीय विष्णुबाबु श्रेष्ठले ताप्लेजुङ जिल्ला फूलबारीका ४५ वर्षीय मात्रिकादेवी चापागाईंसित मिर्गाैला प्राप्त गरेका थिए ।
प्रत्यारोपणका लागि एकै परिवारका सदस्यमध्ये अङ्गदाता र ग्रहणकर्ता बीच मेल  नभएमा दुई परिवारका बीचमा आपसी सहमतिद्वारा अङ्ग साटासाट गर्न सकिने प्रावधान रहिआएको छमिर्गौला रोगी खेमराज निरौलाको रक्त समूह ‘ए’ र उनकी श्रीमती मात्रिकादेवी चापागाइको रक्त समूह ‘बी’ रहेको थियो भने माया थापाको रगत समूह ‘ए’ र उनका भाइ मिर्गाैला रोगी विष्णुबाबु श्रेष्ठको रगत समूह ‘बी’ रहेको थियो ।
केन्द्रका कार्यकारी निर्देशक एवम् वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा.पुकार श्रेष्ठले प्रत्यारोपित ती दुवै बिरामीको हाल स्वास्थ्यस्थिति राम्रो भएको जानकारी दिनुभयो ।
उहाँकै नेतृत्वमा ती प्रत्यारोपण एकैसाथ सम्पन्न भएका थिए ।कार्यकारी निर्देशक डा श्रेष्ठसहित सो प्रत्यारोपण समूहमा वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठ, सिनियर कन्सल्टेन्ट सर्जन प्रा डा राकेश बर्मा, मुटुका शल्यचिकित्सक डा. मोहन देव भण्डारी र डा.सम्पूर्ण तुलाधर, डा. प्रेम वैद्य तथा ऐनेस्थेसिया विभागका डा.महालक्ष्मी देउजा र डा. किरण अधिकारी, सर्जन डा.वीरेन्द्र यादव, डा.. प्रविण जोशी, डा नारायण भुसाल, नेफ्रोलोजिस्ट डा लुसनसिंह, डा. सन्तोष गुरुङ र डा. सागर श्रेष्ठ लगाएतकाे उपस्थिति रहएकाे थियाे ।
हाल केन्द्रमा वार्षिक रुपमा एक सयजना भन्दा बढी   मिर्गाैला पिडितकाे  मिर्गाैला प्रत्यारोपण हुने गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर