newskoseli.Com

जेनिफर लरेन्स संसारकै धनी कलाकार

हलिउड सुन्दरी जेनिफर लरेन्स विश्व सिनेजगतकै सबैभन्दा बढी आम्दानी गर्ने हीरोइनमा परेकी छन् । उनको वार्षिक कमाई ४६ मिलियन डलर रहेकाे छ । फोर्ब्स म्यागाजिनले सार्वजकि गरेको सबैभन्दा बढी कमाई गर्ने हिरोइनको ‘टप टेन’ सूचीमा उनी पहिलो नम्बरमा परेकी छिन ।

फोर्ब्सको यो सूचीमा लरेन्स लगातार दोस्रो पल्ट पहिलो नम्बरमा परेकी हुन् । म्यागाजिनले जनाएअनुसार उनको सन् २०१५ को कमाई अघिल्लो वर्षको तुलनामा ११.५ प्रतिशत न्यून हो । तर पनि विश्वभरका सबै हिरोइनलाई पछाडि पार्दै बढी कमाई गर्ने अभिनेत्रीको पहिलो स्थानमा आफूलाई दोहोर्‍याउन लरेन्स सफल भईन् । लरेन्सले रिलिज हुन बाँकी रहेको फिल्म ‘प्यासेन्जर्स’मा निकै राम्रो पारिश्रमिक लिएको पनि उक्त म्यागाजिनले जनाएको छ ।

यसैगरी ३३ मिलियन डलर कमाई गरेर हलिउडकी अर्की अभिनेत्री मेलिसा मकार्थी दोस्रो नम्बरमा परेकी छन् । हिरोइन स्कारलेट जोहानसनको एक बर्षको कमाई २५ मिलियन डलर रहेको छ र उनी सूचीको तेस्रो स्थानमा छिन् । उनको कमाई पनि अघिल्लो बर्षको तुलनामा ३० प्रतिशतले कम हो । तर, उनी महंगी हिरोइनको रुपमा चिनिन्छन् । उनले ‘घोस्ट इन सेल’मा विवादास्पद भूमिकाका लागि १७.५ मिलियन डलर लिएको फोर्ब्सको भनाई छ ।

हलिउडकै अर्की सुन्दरी जेनिफर एनिस्टन २१ मिलियन डलर कमाईको आँकडासहित चौंथो नम्बरमा छिन् भने चिनिया हिरोइन फेन विङविङ १७ मिलियन डलर बार्षिक कमाइ गरी बढी कमाउने अभिनेत्रीको पाचौं स्थानमा देखिएकी छन् । यसैगरी छैठौं स्थानमा रहेकी चार्लिज थेरोनको गत बर्षको कमाई १६.५ मिलियन डलर रहेको छ । उनी पनि थोरै काम र धेरै पारिश्रमिक लिने हिरोइनको रुपमा गनिन्छिन् । उनले ‘द हन्ट्सम्यानस् विन्टर्स वार’ मा १० मिलियन डलर लिएकी थिईन् ।

पाँच पल्ट ओस्कार अवार्डको नोमिनेसनमा पर्न सफल अभिनेत्री एमी एडम्स बढी कमाई गर्ने हिरोइनको सूचीको सातौं नम्बरमा परेकी छन् । उनको कमाई १३.५ मिलियन डलर भएको उक्त म्यागेजिनले जनाएको छ । यसैगरी जुलिया रोबटर्सले १२ मिलियन डलर कमाई गरी आठौं स्थान र मिला कुनिसले ११ मिलियन कमाई गरी नवौं स्थानमा आफूलाई उभ्याएका छन् ।

सूचीमा दशौ स्थानमा भने बलिउड हिरोइन दीपिका पादुकोण परेकी छन् । उनको २०१५ को कमाई १० मिलियन डलर रहेको फोब्र्सले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । धेरैले यो सूचीमा प्रियंका चोपडाको नाम आउन सक्ने अनुमान गरेका थिए । तर दिपिका यो स्थानमा पुगिन् । एजेन्सी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर