newskoseli.Com

सामाजिक संजालमा बहिष्कार अभियानका बाबजुद पनि स्विडेनमा जोनीको कन्सर्ट

हलिउड अभिनेता जोनी डिपले सामाजिक संजालहरूमा भएको तीव्र विरोध अभियान बिच स्विडेनमा सांगीतिक प्रस्तुति दिएका छन् । उनकी पत्नी एम्बर हर्डले जोनले आफूलाई पिटेको दाबी गरेको समाचार बाहिरिएपछि उनको स्वीडेनमा पूर्व निर्धारित सांगीतिक कार्यक्रमलाई बहिष्कार गर्न सामाजिक संजालमा अभिनयान चलाइएको थियो ।

विरोधकाबिच उनले आफ्नो हलिउड भ्याम्पायरसँग प्रस्तुति दिए । विरोधका बाबजुद कार्यक्रम गरेकोमा कार्यक्रम आयोजकको पनि चर्को विरोध गरिएको छ । तर आयोजकले भने कसैलाई त्यतिकै बाहिरबाट नै दोषी ठहर गर्न नमिल्ने बताएको छ ।

‘हामीहरू कुनै पनि प्रकारको हिंसाको विरोध गर्छौ । तर, योसँगसँगै कसैलाई त्यतिकै मुल्याकंन गर्न सकिँदैन् । जोनी डिप लगायत सबैलाई प्रमाणित नभएसम्म निर्दोष मान्नुपर्ने हुन्छ’, आयोजकले विरोधको प्रतिवाद गर्दै भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर