newskoseli.Com

हलिउड स्टार जर्जलाई चुम्बनको तनाव

क्यालिफोर्निया । हलिउड स्टार जर्ज टिमोथी क्लोनीलाई चुम्बनले गर्दा तनाव भएको छ । क्यालिफोर्नियामा जर्जले अर्कै युवतीसँग रोमान्स गरेको तस्बिर अनलाइनपार्टलमार्फत सार्वजनिक भएपछि उनलाई तनाव भएको हो ।

जर्जले एक युवतीलाई अँगालोमा बाँधेर चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएपछि उनकी श्रीमती अमल अमल अलामुदिन क्लोनी रुष्ट भएकी छन् । अर्कै युवतीसँग रोमान्समा मस्ती भएको भन्दै जर्जकी श्रीमती रुष्ट भइ घर नफर्किएपछि उनलाई तनाव भएको हो ।

५४ वर्षीय जर्ज हलिउड अभिनेता तथा निर्माता एवं निर्देशक हुन् । जर्ज लेखकका रुप्मा पनि परिचित छन् । गोल्डेन ग्लोब, एकेडेमीजस्ता प्रतिष्ठित अवार्ड हात पारिसकेका उनी हलिउडमा प्रतिभाशाली कलाकार मानिन्छन् । सन् १९८७ देखि लामो समयसम्म अभिनेत्री केली प्रेस्टोनसँग रोमान्स गरेका उनको नाम धेरै अभिनेत्रीसँग जोडिएको छ ।

सन् १९८९ मा तलिया बालसमसँग विवाह गरेका उनले सन् १९९३ मा उनीसँग डिभोर्स गरेका थिए । केही समय विभिन्न अभिनेत्रीसँग डेटिङपछि सन् २०१४ मा जर्जले अमसँग विवाह भएको हो । अमल बेलायती, लेबनानी वकिल तथा अधिकारकर्मी हुन् । उनीहरूले सन् २०१४ मा विवाह गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर