newskoseli.Com

बलिउडका तरुनी आमा

मुम्बई । टेलिभिजन कलाकार नारायणी शास्त्री ३८ वर्षकी भइन् । १६ अपि्रल सन १९८७ मा जन्मेकी यी नायिका सानै उमेरमा आमाको भूमिका निर्वाह गर्ने नायिका भनेर चिनिन्छिन् । आमाको भूमिका निर्वाह गरेर उनी चर्चामा आइन् पनि ।

३४ वर्षको उमेरमा २० वर्षीय छोरीको आमाको भूमिका निर्वाह गरेकी थिइन् । ‘फिर सुबह होगी’ मा पहिलो पटक आमाको भूमिका निर्वाह गरेकी नारायणीले त्यसपछि ‘पीया रंगरेज’ मा ३० वर्षीय कलाकार गौरब बजाजको आमाको भूमिका निर्वाह गरिन् ।

यसरी तरुनी उमेरमै आमाको भूमिका निर्वाह गर्ने नारायणी एक्ली कलाकार होईनन् । अरु धेरै छन् बलिउडमा । हेरौं को को रहेछन् उनीहरुः

देवोलिना भट्टाचार्यः देवोलिना भट्टाचार्य उमेरले २५ वर्षकी छिन् । तर, ‘साथ निभाना साथिया’ मा २० र १८ वर्षका मिरा विद्याको आमाको भूमिका निर्वाह गरेकी छिन् उनले ।

आम्रपाली गुप्ताः आम्रपालीको उमेर भर्खर २७ वर्षको भयो । तर, उनको छोरा उनी भन्दा दुई वर्ष जेठा छन् । आम्रपालीले हिन्दी सिरियल ‘काबुल है’ मा आफु भन्दा दुई वर्ष बढी उमेरका आहिलको आमाको भूमिका निर्वाह गरिरहेकी छिन् ।

हिना खानः हिना खान २८ वर्षकी भइन् । रिल लाईफमा उनले पनि आफ्नै उमेर समुहका केटाकेटीको आमाको भूमिका निर्वाह गरेकी छिन् । ‘ये रिश्ता क्या कहलाता है’ मा उनले २० वर्षको छोरा ११ वर्षकी छोरीको आमाको भूमिका निर्वाह गरेकी छिन् ।

परिधि शर्माः जोधा अकबरमा अभिनय गरेकी परिधि शर्मा पनि २८ वर्षकी भईन् । उनले ‘जोधा अकबर’मा २० वर्षको सलीमको आमाको भूमिका निर्वाह गरेकी छिन् ।

स्नेहा वाघः २८ वर्षीय स्नेहा वाघले २८ वर्षकै अर्को केटाको आमाको भूमिका निर्वाह गरेकी छिन् । ‘एक वीर’ की अरदास मा उनले २८ वर्षीय रणविजय र २३ वर्षीय वीराको आमाको भूमिकामा अभिनय गरेकी छिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर