newskoseli.Com

सोनाक्षीले भनिन्, ‘नेपालीको माया र सम्मान धेरै पाएँ’

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले काठमाडौंको शो सफल भएको र आफू सम्मानित महसुस गरेको प्रतिक्रिया दिएकी छिन् । काठमाडौंमा आएर लाइभ प्रस्तुति दिएर भारत फर्केपछि ट्वीटरमा सोनाक्षीले आफू सहभागी शोलाई ठूलाे सफलता पाएकाे भन्दै ट्वीट गरेकी छिन ।

काठमाडौंमा उपस्थित दर्शकलाई सोचे भन्दा बढी दर्शक भन्दै उनले नेपालका लागि एक हुन पाएकोमा सम्मानित अनुभव गरेको छु उनले इन्स्टाग्राम र ट्वीटर भनेकी छिन् । आफूले काठमाडौंमा निक्कै माया  र सम्मान पनि पाएको भन्दै खुसी ब्यक्त गरेकी छिन् । बलिउडका चर्चित अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोराले शनिबार टुँडिखेलमा नेपाली दर्शकलाई नचाएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर