newskoseli.Com

फिलिपिन्समा लागु औषध अपराध विरोधी अभियानमा २ हजार ४ सयको मृत्यु

फिलिपिन्समा नयाँ राष्ट्रपति रोड्रिगो उटेते सत्तामा आएपछि सरकारद्वारा चालाइएको अपराधविरोधी अभियानमा करिब २ हजार ४ सय मनिसको मृत्यु भएको प्रहरीले आइतबार जनाएकोे छ ।

राष्ट्रपति डुटेर्ते सत्तामा आएको करिब तीन महिना पुगिसकेको छैन तर लागुऔषध तथा शङ्कास्पद आपराधिक गतिविधिमा लागेका अधिकांश मानिसले पक्राउ गरिएपछि छानविनका क्रममा ज्यान गुमाएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहले फिलिपिन्समा लागु औषध कारोबार तथा अपराध नियन्त्रण अभियानका क्रममा अधिक न्यायिक हत्या भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रहरीद्वारा दिइएको तथ्याङ्कअनुसार नयाँ राष्ट्रपति सरकारमा आएपछि चलाइएको अपराध विरोधी अभियानमा १ हजार ११ मानिसको प्रहरी कारबाहीमा मृत्यु भएको बताइएको छ । बाँकी १ हजार ३ सय ९१ को मृत्यु छानविन तथा लागु औषध कारोबारको पोल खुल्ने डरमा यसमा संलग्न गिरोहबाटै भएका थिए ।

प्रहरीले आफ्नो सङ्गठन लागु औषध तथा अपराध विरोधी अभियानका क्रममा प्रतिरक्षात्मक कारबाहीमा केही लागु औषध कारोबारमा लागेका मानिसको मृत्यु भएको थियो भने कैयौँ लागु औषध कारोबारको पोल खुल्ने डरमा संलग्न गिरोहबाटै हत्याहरु भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहले फिलिपिन्समा लागु औषध कारोबार तथा अपराध नियन्त्रण अभियानका क्रममा अधिक न्यायिक हत्या भएको भन्दै सरकारको आलोचना गरेका छन् । तर राष्ट्रपति डुर्टेर्तेले भने देशम अराजकता फैलिएको भन्दै सरकारद्वारा घोषणा भएको अभियान लक्ष्यसम्म नपुग्दासम्म नरोकिने बताएका छन् ।

फिलिपिन्सका प्रतिथपक्ष दलका विधायक एडसेल ल्यागमेनले आइतबार डर्टेर्तेनको घोषणाले अनावश्यकरुपमा नागरिकलाई तर्साएको र यसलाई रोक्नुपर्ने बताएका छन् । सरकारका आलोचकहरुले सुरक्षाकर्मी तथा भाडामा लिइएका हत्यारा समूहले अपराध नियन्त्रणका नाममा लागू औषध कारोबारमा नलागेका मानिसहरुको समेत सामूहिक हत्य हुने गरेके बताएका छन् । रासस/एएफपी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर