NewsKoseli.Com

क्षेप्यास्त्र परीक्षणले उत्तर कोरिया एक्लिदैः अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाले लगातार गर्दै आएको क्षेप्यास्त्र परीक्षणले गर्दा उक्त मुलुक विश्व समुदायबाट एक्लिदै गएको मङ्गलबार बताएका छन् ।

ओबामाले उत्तर कोरियाली एकान्तवादी नेतृत्वका कारण विश्व समुदायसँगको सम्बन्धमा समस्या देखिएको बताएका हुन्।

अमेरिकी राष्ट्रपति ओबामाले उनका दक्षिण कोरियाली समकक्षी पार्क गेन हेसँग लाओसमा क्षेत्रीय सम्मेलनको सिलसिलामा सोमबार भेट गर्दै उत्तरद्वारा गरेका तीन मध्यम दुरीका क्षेप्यास्त्र परीक्षणबारे छलफल गरेका थिए ।

उत्तर कोरियाले चीनमा जी¬–२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति ओबामा तथा अन्य एसियाली नेताहरु लाओस प्रस्थान गर्नुपूर्व क्षेप्यास्त्र परीक्षण गरी शक्ति प्रदर्शन गर्न खोजेको भनाइहरू आएका थिए ।

अमेरिकी राष्ट्रपति ओबामाले दक्षिण कोरियाली पार्कसँग भने, उत्तर कोरिया उत्तेजित बन्दा आफूलाई थप एक्ल्याउने र उ विरुद्ध थप दबाब सिर्जना हुने बताएका छन् ।

यसलाई दक्षिण कोरियाका राष्ट्रपतिले बेकामको उत्तेजना भएको भन्दै राष्ट्रपति ओबामासँग यसले उत्तरलाई विध्वंशको बाटोमा लाग्ने बताएका छन् ।

प्योङयाङले यस वर्ष चौँथो आणविक परीक्षण तथा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र परीक्षण गरेको छ । यसका कारण संयुक्त राष्ट्रसङ्घद्वारा उत्तर कोरियाविरुद्ध आर्थिक नाकाबन्दीको घोषणा गरिएको छ भने दक्षिण कोरियाले अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली भित्र्याई उत्तरको सामना गर्न तयार रहेको बताउँदै आएको छ ।

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको उपस्थितिमा सोमबार गरिएको क्षेप्यास्त्र परीक्षण उत्कृष्ट भएको भनी अवलोकन पश्चात उनले प्रतिक्रिया दिएका थिए । रासस/एएफपी

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर