newskoseli.Com

फिल्म प्रतिभाले मिल्छ

बलिउड अभिनेत्री परिणिति चोपडाले फिल्म  प्रतिभाको आधारमा मिल्ने बताएकी छिन् ।

सन् २०११ मा प्रदर्शन भएको फिल्म लेडीज भर्सेज रिक्कीबाट बलिडमा क्षेत्रमा प्रवेश गरेकी परिणितिको सन् २०१४ मा दावते इश्क रिलीज भएको थियो ।

उनले पछिल्लो पटक अभिनय गरेको फिल्म दावते इश्कले बलिउडमा खासै सफल हुन नसके पनि फेरि  ‘कमब्याक’ गर्ने तयारीमा छिन् ।

पहिले उनको बढ्दो वजनका कारण निकै आलोचना हुने गरेको थियो । तर, परिणितिले आफ्नो वजनबारे हुने टिप्पणीलाई चिर्दै फिगर मेन्टेन गर्दै लगेकी छिन् । परीणीति यसका लागि ठूलो प्रयास र मेहनत गर्नुपरेको बताउँछिन् ।

उनले भन्छिन- ‘जसलाई खाउन-पिउन बढी शोक छ, उसैका लागि यो त्यति सहज छैन ।’ उनी सुरूवाती दिनमा अाफू डाइटिङमा रहँदा जतिबेलामा पनि खानेकुराको बारेमा सोच्ने गरेको बताउँछिन् ।

उनले थपिन– ‘म पहिले भन्दा खानेकुराका विषयमा एकदमै सचेत भएकी छु । पहिले भन्दा अहिले निकै आफुलाई स्वस्थ पनि महसुश गर्छु ।’

पछिल्लोपटक अाफूले कुरिरहेको जस्तै चलचित्र हात पारेको भनइ छ । यो फिल्म निर्माणको औपचारिक घोषणा आउने हप्ता हुँदैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर