newskoseli.Com

सिअहेब पक्राउ म्याद गुज्रेका औषधिसहित

सप्तरीको लालपट्टि गाविसको स्वाथ्यचौकीबाट म्याद गुज्रेका औषधिसहित सिनियर अहेबलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा इप्रका, सखडाबाट खटिएको प्रहरी टोलीले जिल्लाको लालपट्टि गाविसमा रहेको स्वाथ्यचौकीबाट उपभोग्य म्याद सकिएको सन् २०१५ लेखिएको पारासिटामोल ५०० मिलिग्रामको ६ सय २ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।

आवश्यक अनुसन्धानका लागि सो स्वास्थ्य कार्यालयमा कार्यरत सिअहेब आनन्दलाल यादवलाई नियन्त्रणमा लिइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर