newskoseli.Com

खोटाङ सेवा समाज बेलायतले ७ एम्बुलेन्स दिने

खोटाङ सेवा समाज बेलायतले गृह जिल्ला खोटाङलाई ७ वटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ । सन् २००७ मा बेलायतमा स्थापना गरिएको समाजले २ प्राथमिक स्वास्थ्य केन्द्र र ५  स्वास्थ्यचौकीका लागि ७ वटा एम्बुलेन्स उपलब्ध गराउने भएको हो ।

खोटाङ सेवा समाज युके एम्बुलेन्स समन्वय समितिका काठमाडौँ संयोजक जयकुमार राईले शुक्रबार स्थानीय शान्ति समितिको कार्यालयमा आयोजित सर्वदलीय बैठकमा ७ वटा एम्बुलेन्स दिने तयारी भइसकेको जानकारी दिए। जिल्लाका बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउने र उनीहरुको ज्यान बचाउका लागि एम्बुलेन्सको व्यवस्था मिलाउने तयारी गरिएको समाजले जनाएको छ ।

चिसापानी, डाँडागाउँ र बाक्सिलाका लागि गत वर्ष नै एम्बुलेन्स खरिद गरेको समाजले यसपल्ट थप सिम्पानी, निर्मलीडाँडा, बुइपा र ऐँसेलुखर्कका लागि एम्बुलेन्स खरिद गर्न रकम सङ्कलन भइरहेको संयोजक राईले जानकारी दिए । निःस्वार्थ र सामाजिक सेवाभावले स्थापना गरिएको समाजले एम्बुलेन्स जुटाउनका लागि युकेमा रत्नकुमार राईको संयोजकत्वमा एम्बुलेन्स समन्वय समिति गठन गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर