newskoseli.Com

यी हुन् सुन्दर बन्नका लागि अपनाउनुपर्ने घरेलु उपायहरू…

प्रत्येक ब्यक्तिको  दैनिकी ऐनामा अनुहार हेरेर सुरु हुन्छ । आफ्नो अनुहार सुन्दर देख्दा पक्कै पनि खुशी लाग्छ । यदि अनुहारमा केही खराबी देखियो भने त्यसको चिन्ताले ऊर्जामा क्षय ल्याउछ नै ।  सुन्दर रहन महिला धेरै चाहन्छन् भनिन्छ । तर, अचेल पुरुष पनि कम छैनन् ।  विभिन्न सौन्दर्य सामग्रीहरु बिक्री बढ्नुका कारण नै यही हो । आधुनिक उत्पादनहरुमा ध्यान दिने प्रवत्ति बढ्दै छ ।

कमाइको ठूलै हिस्सा अचेल सौन्दर्यमा खर्च गरि पनि रहेका छन् ।  आफूले लगानी गरे अनुसार फाइदा प्राप्त भएको छ वा छैन भन्नेमा भने सचेत भएको त्यति पाइदैन । ती सामग्रीमा धनराशी खर्च गर्नुभन्दा केही घरेलु उपाय अपनाउन सके दोहोरा क्षतिबाट जोगिन सकिन्छ ।

यदि कुरुप हुने गरी डन्डिफोर आएको छ भने दिनमा तीन पटकसम्म अनुहार सफा पानीले धुने, डन्डिफोरलाई ननिचोर्ने, दैनिक २ लिटरभन्दा बढी पानी पिउने, मसलाजन्य परिकारहरु कम खाने गर्नुपर्छ । त्यस्तै मदिरा, चिया, कफी एवं सुर्तीजन्य वस्तुहरुको प्रयोग पनि कम गर्नुपर्छ ।

दैनिक केही समय आराम गर्नुपर्छ । निकै थाकेको अवस्थामा आँखा बन्द गरेर सुत्दा अनुहारमा चमक आउँछ । डन्डिफोर हटाउने अर्को घरेलु उपायमा कागती, काँक्रो र दूधलाई पनि लिन सकिन्छ। यी तीनै वस्तु दैनिक प्रयोगमा आउने वस्तु हुन्। कागतीको एक चौथाइ भागलाई काट्ने र काँक्रोलाई राम्रोसँग मिक्सचरमा पिसेर राख्ने र दूधलाई नतताई यी तीनै वस्तुलाई मिसाएर अनुहारमा लगाउ“दा छालाको रक्षाका साथै डन्डिफोर निर्मूल हुन्छ।

यदि सुख्खा र चिसो हावामा लगातार हिँडिएको छ भने यसले पनि हराउने सम्भावना हुन्छ। आलु घोटेर अनुहारमा दल्ने हो भने अनुहार सुख्खा हुने तथा डन्डिफोर आउने समस्याबाट मुक्त हुन सकिन्छ।

यदि छाला सामान्यजस्तो छ भने मह र दुध मिसाएर लगाउँदा अनुहारमा चमक आउनुका साथै विभिन्न समस्याबाट टाढा रहन सकिन्छ यदि छाला चिल्लो छ भने बेसनको पीठो काँचो दूधमा मिसाएर लगाउँदा पनि अनुहारको सुरक्षा हुन्छ। गहुँको छोक्रामा काँचो दुध र मह मिसाएर लगाउँदा अनुहारमा चमक आउँछ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर