
बलिउडमा बोल्ड छवि स्थापित गरेकी अभिनेत्री विपासा बसु गर्भवती भएको चर्चा चलेको छ। एक बलिउड साइट स्पटब्बाई डटकमले पछिल्लो केही महिनादेखी विपासा स्त्री रोग विशेषज्ञकोमा निरन्तर जान थालेको उल्लेख गर्दै उनी पनि आमा बन्ने क्रममा रहेको संकेत गरेको उल्लेख गरेको छ।
करण विपाशाले भने यसबारेमा केही बोलेका छैन्न । विपासा र करणले एकअर्कालाई एक वर्षसम्म डेट गरेपश्चात यसै वर्ष अप्रिलमा विवाह गरेका थिए। धेरैले ढल्कदो उमेरका कारण पनि विपाशा गर्भवती भएको हुनसक्ने अनुमान लगाएका छन् । विपास ३७ वर्ष पुगिसकेकी छन्।