newskoseli.Com

पाकिस्तान विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ९५ जना घाइते

दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको स्थानीय अधिकारीले बताएका छन् ।

वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा ९५ जनाभन्दा बढी घाइते भएका बताइएको छ ।

सधै उक्त स्थानमा भेला भई धमाल नाच गरिने हुँदा उल्लेख्य सङ्ख्यामा स्थानीय उक्तमठमा भेला हुने गर्छन् तर शनिबार अन्य दिनभन्दा धेरै मानिस जम्मा भएका प्रहरीले बताएको छ ।

बोलीचिस्तानका गृहमन्त्री सनुल्लाह जेहरीले घटनामा प्राय महिला र बालबालिकाको मृत्यु भएको र ठूलो सङ्ख्यामा मानिसहरु घाइते भएका बताएको छ ।

घटनास्थलमा सेना र प्रहरी पुगिसकेको र घटनाबारे बिस्तृतमा अनुसन्धानपछि मात्र भन्न सकिने उहाँको भनाइ थियो ।

उक्त मठमा भएको आक्रमणको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिइसकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर