newskoseli.Com

बिहान पानी पिउनुका फाइदाहरू

कतिखेर पानी पिउने ? कतिखेर धेरै पानी पिउने ? कतिखेर पानी पिउँदा धेरै फाइदा हुन्छ ? धेरैको मनमा यो प्रश्न हुन सक्छ । चिकित्सकहरु बिहानको खालि पेटलाई पानी पिउने उत्कृष्ट समय मान्छन्। यसले पेटमात्र सफा गर्दैन कि अन्य थुप्रै रोगको सम्भावनालाई पनि घटाउँछ।

पहिलो, यसले पेट सफा बनाउँछ र पोषण तत्व सोस्न पेटलाई ठिक स्थितिमा ल्याउँछ। पाचन प्रक्रिया सहज हुने बित्तिकै थुप्रै स्वास्थ समस्या कम हुन्छन्।

 साथै यो चमकदार छालाको रहस्य पनि हो। पानीले रगतमा भएका विषाक्त पदार्थ सफा गर्छ। पानी पिउनाले नयाँ रक्त कोषिया र तन्तु बन्न मद्धत पुग्छ, जसले तौल सन्तुलित राख्न सहयोग पुर्याउँछ।

बिहान पानी पिउने बित्तिकै केही समयसम्म अन्य खानेकुरा नखानुहोस्। यो बिहान पानी खाने विधिको कुनै साइड इफेक्ट छैन। यसले मेटाबोलिजममा ठुलो सकारात्मक प्रभाव पार्दछ।

बिहान ४ गिलास (करिब १ लिटर) पानी नियमित खानु निकै फाइदाजनक हुन्छ। सुरुमा यो धेरै सुनिएपनि, थौरेबाट सुरु गरि बिस्तारै पानीको मात्रा बढाउन सकिन्छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर