newskoseli.Com

आमाले यसरी ध्यान राख्नु पर्छ २ वर्षसम्मका बच्चाहरूको

-बच्चा जन्मिएको १ घन्टाभित्र स्तनपान गराउने । बच्चालाई शीतांग हुन नदिन २–४ घन्टासम्म ननुहाइदिने । आराम गर्ने र पर्याप्त स्तनपान गराउने ।

-जन्मिएको ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराउने । ६ महिनासम्म आमाको दूध मात्र खुवाउने ।

-६ महिनाबीचको अवधिमा दिनुपर्ने सबै खोप लगाउने । स्वास्थ्य संस्थामा लगेर प्रत्येक महिना वृद्धिविकास अनुगमन गराइराख्ने । कम्तीमा ४ महिनासम्म यो गराउने ।

-६ महिनादेखि १ वर्षसम्म ६ महिना लागेपछि आमाको दूधसँगै कम्तीमा ३ पटक खाना खुवाउने । खाना खुवाउनुअघि राम्रोसँग हात धुने ।

-यस अवधिमा बच्चालाई लगाउनुपर्ने सबै खोप समयमै लगाउने । १ वर्षदेखि २ वर्षसम्म

-बच्चा १ वर्षको भएपछि थप खाना खुवाउने र ऊसँग खेल्ने ।

-बच्चाको शारीरिक विकास तीव्र हुने हुँदा पोषिलो खाना खुवाउनुपर्छ ।

-२ वर्षसम्म निरन्तर स्तनपान गराइराख्नुपर्छ ।

-बच्चाको दिसा चर्पीमा मात्र फ्याँक्ने र चर्पी गएपछि प्रत्येक पटक साबुनपानीले हात धुने गर्नुपर्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर