newskoseli.Com

भेटिए १३८ नयाँ कुष्ठरोगी

मोरङमा १ सय ३८ नयाँ कुष्ठरोगी फेला परेका छन् । गएको ४ महिनामा मोरङमा १ सय ३८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका मोरङका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिए ।

गत वर्ष मोरङमा २ सय २ जना नयाँ कुष्ठरोगी फेलापरेका थिए । प्रति १० हजारमा १ भन्दा कम कुष्ठरोगीको सङ्ख्या कायम गर्ने लक्ष्यका साथ सरकारले काम गरेपनि मोरङमा भने कुष्ठरोगीको सङ्ख्या धेरै पाइएको छ । मोरङमा प्रति १० हजारमा १ दशमलव ४ प्रतिशत कुष्ठरोगी रहेको जनस्वास्थ्यले जनाएको छ ।

मोरङको बुधनगर, आमगाछी, बरडङ्गा, उर्लाबारी, बयरवन, महादेवा, रङ्गेलीलगायतका स्थानमा बढी मात्रामा कुष्ठरोगीको सङ्ख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मोरङमा कुष्ठरोगका कारण अङ्गभङ्ग हुने दर भने घटेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर