newskoseli.Com

चिसोका कारण सामुदायिक विद्यालय बन्द

लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएका छन् ।

सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा रहेका र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना हुन थालेपछि आइतवारदेखि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयको वार्षिक पात्रोअनुसार वर्षे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी हरि गौतमले बताए ।

केही दिनयता जिल्लामा दिनभर हुस्सु लाग्ने, शीत पर्ने र जाडो बढ्दै गएपछि सर्वसाधाणको जनजीवन पनि प्रभावित बनेको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति न्यून देखिएको छ ।

त्यस्तै तौलिहवा अस्पतालमा निमोनिया श्वासप्रश्वासका समस्या देखिएका बालबालिका र वृद्धवृद्धाको चाप बढेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर