newskoseli.Com

विश्वकै सबैभन्दा मोटीको भारतमा अप्रेसन…

‘विश्वकै सबैभन्दा बढी वजन भएकी’ इजिप्टकी महिला शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउने भएकी छन् । उनको तौल हाल ५ सय किलोग्राम छ ।

३६ वर्षीया एमान अहमद अब्देल अतीलाई इजिप्टका विदेशमन्त्रीको पहलमा भिसा प्रदान गरिएपछि उनी शनिबार मुम्बई आइपुग्ने बताइएको छ । अब्देल अतीलाई ल्याउन एक विमानलाई विशेष सुधार गरी शनिबार इजिप्टबाट मुम्बईका लागि पठाइनेछ भने उनको उपचार मुम्बईकै सैकी अस्पतालमा हुनेछ । उनलाई भारत ल्याउने प्रबन्ध मिलाउन इजिप्टका चिकित्सकहरुको टोली १० दिनदेखि कार्यरत थिए ।

विश्वकै सबैभन्दा बढी तौल भएकी आफ्नी दिदीलाई उपचारको आवश्यकता देखिएको भन्दै अब्देल अतीकी बहिनीले सन् २०१६ को अक्टोबारमा पहल गरेपछि भारतीय उक्त अस्पतालले उपचार सम्भव भएको भन्दै उपचारकाे इच्छा प्रकट गरेको थियो ।

तर, उनलाई इजिप्टदेखि भारतसम्म विमानमा ल्याउन स्वास्थ्यका दृष्टिकोणले सम्भव नभएको भन्दै विमान कम्पनीले अस्वीकार गर्दै आएको बताइएको छ । इजिप्टबाट उपचारका लागि भारत ल्याउने विषयमा उनलाई भिसा पनि मिलेको थिएन ।

अब्देल अति सानी छँदा भएको स्वास्थ्यपरीक्षणमा हात्तीपाइले रोगको सङ्क्रमण पाइएको थियो । यसबारे भारतीय चिकित्सक लाकदावालाले समाचार पढेपछि आफूले अब्देल अतिको निःशुल्क उपचार गर्ने बताएका थिए ।

सुरुमा खुट्टाको आकार असाधारण रुपमा ठूलो देखिएको तर समयसँगै शरीरका अन्य भाग पनि सुन्निएर ठूलो भएको उनकी बहिनीले बताइन् ।

बिरामी भएको केही वर्षपछि उनलाई मस्तिष्कघात समेत भएको बताइन्छ । यसपछि उनी ओछ्यान परिन र पछि मधुमेह, उच्च रक्तचाप लगायतका समस्याबाट ग्रसित छिन् । उनी २५ वर्षयता घरबाट बाहिर निस्कन सकेकी छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर