newskoseli.Com

विपन्न नागरिकलाई स्वास्थ्यसेवा पहिलो प्राथमिकता ःस्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताए । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचाैं स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयल अाइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउनका लागि औषधि सस्तो बनाउन मन्त्रालय लागिपरेकोे बताए। उनले भने , “सर्वसाधारणलाई सेवा विस्तार गर्न नेपाली सेना र नेपाल प्रहरीका अस्पतालसँग सहकार्य गरेर काम गर्न मन्त्रालय लागिरहेको छ ।”

उनले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनका लागि काठमाडौँका विभिन्न १० स्थानमा स्वास्थ्य केन्द्र राख्न लागिएको जानकारी दिँदै ऐन संशोधनका लागि आफू कटिबद्ध रहेको उल्लेख गरे । कार्यक्रममा मुख्यसचिव डा. सोमलाल सुवेदीले जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा दिने काममा मन्त्रालय गम्भीर हुनुपर्ने बताउँदै कर्मचारीहरुलाई राजनीतिभन्दा कामतर्फ केन्द्रित हुन आग्रह गरे । स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्र उप्रेतीले जनतालाई दिने सेवाप्रति मन्त्रालय कन्जुस्याइँ गर्दैन भने।

कार्यक्रममा स्वास्थ्य सेवामा उत्कृष्ट योगदान पुर्याएका जिल्ला कार्यालय अछाम, सुर्खेत र बैतडीलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार – २०७३ जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाका सुपरभाइजर ध्रुवलाल उराँव, जिल्ला स्वास्थ्य कार्यालय तनहुँका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजङ्ग रायमाझी, राष्ट्रिय एड्स तथा यौन रोग केन्द्र जनस्वास्थ्य निरीक्षक उषा अर्याल भट्ट र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका आयुर्वेद निरीक्षक स्व सुरेन्द्र शाहलाई प्रदान गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर