newskoseli.Com

८० प्रतिशतलाई खुवाउने लक्ष्य हात्तीपाइलेकोे औषधि

 भोजपुरमा ८० प्रतिशत सर्वसाधारणलाई हात्तीपाइलेको औषधि खुवाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  चैत ५, ६ र ७ गते भोजपुर जिल्लाभरका ८० प्रतिशत सर्वसाधारणलाई औषधि खुवाएको छ । औषधि १ लाख ५० हजार ४ सय ९५ जनालाई खुवाउने लक्ष्य

राखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए। २ नगरपालिका र ७ गाउँपालिका रहेको भोजपुरमा औषधि खुवाउनका लागि २  सय ३५ स्वास्थ्यकर्मी र १  हजार १ सय ३ महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भोजपुरमा कुल जनसङ्ख्याको ७  प्रतिशत जनसङ्ख्यामा हात्तीपाइले रोगको सङ्क्रमण रहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर