newskoseli.Com

५ जना फेला परे डेंगुका बिरामी

तुलसीपुरमा डेंगुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा ५ जना यस रोगका बिरामी फेला परेका हुन् ।

उपचारका लागि अस्पताल आएका बिरामीको रगतको गरिक्षण गर्दा डेंगुको संक्रमण फेला परेको अस्पतालका डा. सुबाेधकुमार शर्माले जानकारी दिएका हुन् ।

तुलसीपुर– ५ र ६ का १ पुरुष र २ महिला तथा शान्तिनगर गाउँपालिकाका र मानपुर– ४ मा २ जना महिलामा डेंगु रोग फेला परेको हो । अस्पताल भर्ना भएकामध्ये २ जना महिला उपचारपछि घर फर्केको र २ महिला र १ पुरुषको अस्पतालमै उपचार भइरहेको डा. शर्माले जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । यसअघि पनि दाङमा डेंगु रोगका १३ जना बिरामी फेला परेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर