newskoseli.Com

दसैंमा मासु : यी कुरामा ख्याल राखेर मात्रै खानोस्

 

 

दसैं त्यस्तो पर्व हो, जसमा सम्भवतः वर्षभरकै अत्यधिक मात्रामा मासुको प्रयोग गरिन्छ । मासु सकेसम्म कम र प्रयोग गर्नै पर्दा ताजा मात्रै प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । सामान्यतया दसैंमा एकै पटक काटेको मासु दसैंभर प्रयोग गर्ने गरेको पाइन्छ ।

 

यसरी गरौं स्वस्थ मासुको ग्यारेन्टी–

–     मासु तथा मासुजन्य पदार्थका लागि स्वस्थ पशुपन्छीको बध गराउनुपर्छ

–     मासु सफा ठाउँमा काट्नुपर्छ

–     छाला नखानु स्वास्थ्यका लागि राम्रो हुन्छ

–     कम्तिमा १२ घन्टा डिपफ्रिजमा राखेर मात्रै मासु खानु राम्रो हुन्छ

–     गन्ध आएको, चिप्लो र नीलो रङ भएको मासु नखानोस्

–     हरेक दिनका लागि आश्यक पर्ने मात्राको पोको फ्रिजमा छुट्टाछुट्टै राखी प्रत्येक दिन एक–एक पोको निकालेर पकाउनु राम्रो हुन्छ

–     फ्रिजमा राखिसकेपछि मासु निकाल्ने र फेरि राख्ने नगर्नोस्

–     पशु काटिसकेपछि छाला निकालेर सफा र चिसो पानीले मासुलाई पखाल्नोस्

–     सकेसम्म पोलेको मासु नखानोस्

–     पकाएको मासु धेरै दिन नराखौं, त्यस्तो मासु नखाँदा नै स्वास्थ्यका लागि राम्रो हुन्छ

रातोभन्दा सेतो मासुमा जोड दिऔं

अन्य समयभन्दा दसैंमा मासु तथा गुलियो र चिल्लो पदार्थको सेवन बढी गरिन्छ । मिठो स्वादका लागि अमिलो, पिरो र मसलाको धेरै प्रयोग गरिन्छ । तर, त्यसले स्वास्थ्यमा कस्तो असर पर्छ भन्नेबारे कमैले मात्र ध्यान दिएका हुन्छन् ।

दसैंमा माछा–मासुको अत्यधिक प्रयोग हुन्छ र धेरैजसोको घरमा खसीबोका, राँगा, बंगुर, कुखुरा, च्याङ्ग्रा इत्यादि काटिन्छ । माछा–मासुमध्ये पनि दसैंमा रातो मासुको बढी प्रयोग प्रयोग गरिन्छ र मासु पकाउँदा तेल, मसला र अन्य सामग्रीको प्रयोग समेत बढी नै गरिन्छ । उसै पनि रातो मासुमा चिल्लोको मात्र बढी हुन्छ ।

अत्यधिक चिल्लो र रातो मासुले युरिक एसिड बढाउँछ । रातो मासुको सट्टा सेतो मासु प्रयोग गर्दा स्वास्थ्यका निम्ति लाभदायक हुन्छ । चिकित्सकको भनाइ अनुसार रातो मासुमा अत्यधिक प्रोटिनका साथै फ्याटी एसिड पनि प्रशस्त हुन्छ । मासुमा भएको कोलेस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई हानि गर्छ । यसले मुटु रोगीलाई बढ्ता हानि गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ ।

सामान्यतः चारखुट्टे जनावरको मासु रातो मासुमा पर्दछन् भने कुखुरा वा माछा सेतो मासुमा पर्दछन् । कुखुरा, माछा, अस्ट्रिज र इमुलगायतको मासु रातो मासुभन्दा कम हानिकारक मानिन्छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर