newskoseli.Com

सरकार–डाक्टर सहमति : डाक्टरलाई हातपात गरे बिनाधरौटी जेल (सहमतिपत्रसहित)

सरकार र नेपाल चिकित्सक संघबीच संघले अघि सारेका माग पूरा गर्ने सहमति भएपछि चिकित्सक संघले ८ दिनदेखि अाह्वान गरेको अस्पताल बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

सरकार र नेपाल चिकित्सक संघबीच शुक्रबार भएको वार्तामा ‘जेल विद्आउट बेल’ को प्रकिया अगाडि बढाउने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको संघका महासचिव लोचन कार्कीले बताए । उनले भने– ‘हाम्रो माग अनुसार सहमति भएपछि आन्दोलन फिर्ता लिएका हौं। अब हामी काममा फर्कन्छौं।’

प्रधानमन्त्री शेरबहादुर देउवासमेत संलग्न सरकारी पक्षबीसँग बालुवाटारमा भएको बैठकमा सहमति भएको हो । सहमति पत्रमा सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. किरण रेग्मी र संघको तर्फबाट अध्यक्ष मुक्तिराम श्रेष्ठले हस्ताक्षर गरेका छन्।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धित ऐन २०६६ र नियमावली २०६९ संशोधन गरेर चिकित्सकहरुको जेल विद्आउट बेलको माग पूरा गर्ने सहमति भएको हो । यो माग पूरा भएसँगै चिकित्सकहरुलाई हातपात तथा दुर्व्यवहार गर्नेहरुलाई बिना धरौटी जेल हाल्ने कानुन बन्नेछ।

यस्तो छ सरकार–डाक्टर सहमतिपत्रः

Agreement with Doctors

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर