newskoseli.Com

विषालू सर्पको टोकाइबाट बच्न चाहनुहुन्छ ? निःशुल्क विष झार्ने यिनलार्इ भेट्नोस् (फोन नं. सहित)…

विषालु सर्पले डसेका बिरामीलाई एक सामान्य व्यक्तिले घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट– १३, सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै चर्चित बनेका हुन् ।

थापा भारतीय सेनाका पूर्व कर्मचारी समेत हुन् । वि.सं. २०५४ देखि आफ्नै घरमा उक्त सेवा दिँदै आएका थापाले हालसम्म सर्पले डसेका २ सयभन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिइसकेका छन् ।

भारतीय सेनामा रहँदा चिकित्सा तालिम र आयुर्वेदमा उपवैद्य तालिम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको थापाको भनाइ छ । विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ ।

आफूकहाँ आएका सबै बिरामीलाई सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म सफल उपचार गराउँदै आएको थापाको जिकिर छ । आफ्नो कामबारे प्रचारप्रसार गरिदिन राष्ट्रिय समाचार समिति (रासस) को जिल्ला सम्पर्क कार्यालय नवलपरासी आइपुगेका थापाले यसबारे सबैलाई जानकारी प्रदान गरी सहयोग गर्न आग्रह गरे ।

थापाको मोबाइल नं . ९८०४४९१९४१ छ । आफ्नो यस प्रकारको सीपबारे नेपाल सरकारलाई समेत अवगत हुनुपर्ने थापाको तर्क छ । “विषालु सर्पले टोकेर आजसम्म मकहाँ आएका सबै बिरामीलाई मैले शतप्रतिशत निको बनाएको छु”– थापाले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर