newskoseli.Com

पुरुषको शरीरभित्र महिलाको पाठेघर भेटिँदा…

२५ वर्षीया मान्यता (नाम परिवर्तन) को होसहवास उड्यो, जब उनका पति मुकेशको शरीरमा महिलाको अंग भेटियो । मुकेशको शरीरमा पुरुष अंगका साथै गर्भाशय (युट्रस) र अण्डाशय (ओभरी) तथा गर्भाशय ट्युबको समेत विकास भएको रहेछ । महिला अंग विकसित भएको भए पनि उनको स्वास्थ्यमा त्यसको असर भने देखिएको थिएन ।

जबसम्म मुकेशको अपरेसन गरेर महिला अंग निकालिएन तबसम्म मान्यताले पतिको शरीरमा महिला अंग रहेको विश्वास गर्न सकेकी थिइनन् । उनलाई यो नराम्रो सपना हो जस्तो मात्र लागेको थियो । ‘मुकेश सानैदेखि हर्नियाकाे बिरामी थियो, उसले अत्यधिक दुख्छ भन्थ्यो’, उनले भनिन्– ‘मुकेश सधैं पीडामा हुन्थ्यो, कुनै काम पनि गर्न सक्दैन थियो ।’

मुकेशले पीडा सहन नसकेपछि अपरेसन गर्ने निर्णय गरेर झारखण्डकै धनवादको पाटलिपुत्र मेडिकल कलेज एन्ड हस्पिटल (पीएमसएच) मा मान्यताले लिएर गइन् । जब चिकित्सकले हर्नियाको अपरेसन गर्न लागे तब उनको शरीरमा शंकास्पद अंग देखिएपछि सबैजना अचम्ममा परे । मुकेशको अल्ट्रासाउन्ड परीक्षण गरे । अल्ट्रासाउन्ड गर्दा मुकेशको शरीरमा महिलाको अंग फेला पर्‍यो ।

‘पाँच वर्ष पहिले विवाह गरेको नवजवान पुरुष मेरो पतिको शरीरमा महिलको अंग भएको डाक्टरले बताउँदा मलाई ठूलो झड्का लग्यो’, उनले भनिन्– ‘उसको शरीरमा महिलाको पनि अंग छ भन्ने कुरा मैले त विश्वास नै गर्न सकिनँ ।’

मान्यताले अगाडि भनिन्– ‘यो कुरा थाहा पाएपछि म जोड जोडले रुन थालें, मेरा पतिको पुरुषार्थमा यसले कुनै असर नपार्ने भनेर डाक्टरले सम्झाए पनि मलाई विश्वास लागेन,, मेरो जिन्दगी बर्बादै भयो भन्ने लागिरह्यो ।’ पतिलाई थाहै नदिई चिकित्सकको सल्लाहमा उनकाे महिला अंग निकालेर फालिदिएको मन्याताले बताइन् ।

‘भगवानमै भरोसा गर्‍यौं, हामीले मुकेशलाई मनोवैज्ञानिक असर पर्छ भनेर यो कुरा बताएनौं’, उनले भनिन्– ‘मेरो जीवनका लागि पतिकाे जिन्दगी निकै महत्त्वपूर्ण छ ।’ चिकित्सकले समेत यसबाट हाम्रो दाम्पत्य जीवनमा कुनै असर नपर्ने सुझाव दिएको उलने बताइन् ।

मुकेशको शरीरमा महिलाको अंग देखेर अपरेसन गर्ने चिकित्सक डा. आर. ह्याब्रम पनि चकित भए । ६ हजारभन्दा बढी अपरेसन गरिसकेका सर्जन डा. ह्याब्रमका लागि यो नै यस्ताे खालकाे पहिलो घटना थियो । ‘मुकेशको सर्जरी सफल भयो, उनको शरीरमा रहेको महिला प्रजनन अंग मैले निकालें’, उनले भने– ‘अब उनी स्वस्थ छन्, उनको जीवनमा पनि यो अपरेसनले कुनै नकारात्मक असर पर्दैन ।’

पीएमसीएचका सर्जरी विभाग प्रमुख डा. अशोक वर्णवालले हजारौं पुरुष वा महिलामध्ये एक जनामा यस किसिमको अंग विकास हुने बताए । ‘यो असामान्य कुरा होइन, यस्तो कुनै पनि पुरुष वा महिलामा हुन सक्छ’, उनले भने– ‘जसको शरीरमा महिला वा पुरुषको अंग विकसित हुन सक्छ, यसलाई प्राकृतिको मजाक पनि भन्न सकिन्छ ।’

डा. वर्णवालले अगाडि भने– ‘चिकित्सा विज्ञानमा सेकेन्डरी सेक्सुअल क्यारेक्टर पहिला पनि आएको थियो, त्यस्तोमा अनावश्यक अंग निकालिदिनुपर्छ, मुकेशको केसमा पनि यही भएको हो ।’

पत्नीको सहमतिमै महिला अंग निकालिदिएको बताउँदै उनले भने– ‘अब मुकेशको शरीरमा पुरुष हार्मोन बनिरहेको छ, उसले सामान्य पुरुषजस्तै जिन्दगी जिउन सक्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर