newskoseli.Com

चेपाङ बस्तीमा स्वास्थ्य शिविर, १ हजार ५०० को स्वास्थ्य परीक्षण

C

गोरखाको भुम्लिचोक गाविस–६ स्थित भद्रकाली मावि परिसरमा तीन दिनसम्म चलेको स्वास्थ्य शिविरबाट १  हजार ५०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

चेपाङ समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरमा रगत परीक्षण, गर्भवतीको जाँच र अन्य रोगका पीडितको परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियोे ।

जेठ ७, ८ र ९ गते भएको शिविरमा ६०० जना बच्चाको स्वास्थ्य परीक्षण गरिएको र १ सय ५० जना गर्भवती महिलाको जाँच गरिएको आयोजक संस्था असल छिमेकी पोखराका गोरखास्थित कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

स्थानीय स्वास्थ्य चौकीको समन्वयमा गरिएको शिविरबाट उपचारको पहुँच बाहिर रहेका बिरामीले सेवा पाएका छन् ।
त्यस्तै परीक्षणका लागि शिविरमा आएका १ हजार ५०० जनालाई सरसफाइका विभिन्न सामग्री सहयोग गरिएको श्रेष्ठले बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर