newskoseli.Com

जिल्लामा प्रभावकारी बन्दै स्वास्थ्य बीमा

 

सर्वसाधारको हितका लागि नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा प्रभावकारी बन्दै गएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा चार महिनाअघि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएयता रामेछापमा करिव ३ हजार नागरिक लाभान्वित भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुसदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत करिव ३ हजार नागरिकहरुले बीमा गरिसकेका छन् ।

विशेष गरी आर्थिक विपन्नता भएका र समुदायमा आर्थिकस्तर खस्किएका नागरिकहरुलाई लक्षित गरी उनीहरुको गुणस्तरीय स्वास्थ्योपचार र स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म ३ हजार ३ सय ३३ घरपरिवारका २ हजार ५ सय जनाले बीमा गराइसकेका हुन् । बीमा गराउनेहरुको आकर्षण दिनप्रतिदिन बढिरहेको स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी यज्ञराज ढुंगेलले बताए ।

स्वास्थ्य बीमावापत १५ लाख ६१ हजार ९ सय ७५ रुपैयाँ रकम संकलन भएको छ । उक्त कार्यक्रम जिल्लाका सबै ६४ वडामै सञ्चालनमा आइसकेको छ । वैशाख मसान्तभित्र करिव ५ हजार जनाको स्वास्थ्य बीमा गराइसक्ने लक्ष्य लिइए तापनि जनशक्तिको अभावमा कार्यक्रममा अवरोध पुगेको ढुंगेलले बताए ।

स्वास्थ्य बीमा गरेपछि आवश्यक पर्दा सहज र सरल रुपमा उपचार पाइने भएकै कारण यसतर्फ सर्वसाधारणको आकर्षण बढेको छ । अभियानअन्तर्गत एकै परिवारका ५ जनासम्मका लागि प्रतिव्यक्ति वार्षिक ५० हजार रुपैयाँसम्मको सेवा लिन पाइनेछ । सेवाअन्तर्गत राजधानी काठमाडौंसम्मका लागि रिफर गर्ने व्यवस्था समेत संस्थाले मिलाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर