newskoseli.Com

तलब नपाएको भन्दै स्वास्थ्यकर्मीहरुद्वारा सेवा ठप्प

पाँच महिनादेखि तलब नपाएको भन्दै नलगाड नगरपालिकाअन्तर्गतका स्वास्थ्यका कर्मचारीहरु सवै सेवा ठप्प पारी बिहीबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

नगरपालिकासँग पटक–पटक तलब माग गर्दा पनि सम्बन्धित निकायवाट कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको स्वास्थ्यका कर्मचारी विजय चौधरीले बताए । स्वास्थ्यजस्तो समवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलब बाटो निर्माणमा खर्चिनु दुःखद भएको बताउँदै केन्द्र सरकार र प्रदेश सरकार बेखबर हुनु दुःखद भएको जिकिर चौधरीले गरे ।

आफ्नो तलब–भत्ता स्वीकृत नभएसम्म आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य संस्थाका सम्पूर्ण सबै सेवाहरु ठप्प रहने उनले बताए । स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ भने उपचारका लागि आउने सयौं बिरामी अलपत्र पर्दै फर्कन बाध्य भएका छन् ।

जाजरकोटको अति विकट नलगाड नगरपालिकाका अधिकांश वडामा यातायातको व्यवस्था नहुँदा बिरामीहरुले सास्ती भोग्नु परेको गुनासो स्थानीयवासीले गरेका छन् । महामारीको जोखिम रहेका बेला सरकारले स्वास्थ्यका कर्मचारीहरुलाई तलब नदिएर जनतालाई मार्ने खेल गरेको आरोप भगवतीका रामबहादुर घर्तीले लगाए । कर्मचारीहरुलाई तत्काल तलब दिएर काममा फर्किने वातावरण निमार्ण गर्न उनले माग गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर