newskoseli.Com

अस्पताल तनावग्रस्त, उपचार नपाएर बिरामीको मृत्यु

 

उपचारको अभावका कारण रुकुमको चौरजहारी अस्पतालमै एक बिरामीको मृत्यु भएको छ । भेरी नगरपालिका– ४, जाजरकोटका ४२ वर्षीय शेरबहादुर विकको उपचारको अभावमा अस्पतालमै मृत्यु भएको हो ।

दमको समस्या भएकाले उपचार गराउन चौरजहारी अस्पताल आएका विकले त्यहाँ उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको हो । चौरजहारी अस्पताल पाँच दिनदेखि तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामी उपचार सेवाबाट वञ्चित छन् ।

रुकुमको विजेश्वरीस्थित चौरजहारी अस्पतालमा उपचारकै क्रममा जाजरकोट कुदुकी एक महिलाको गत आइतबार अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै पीडित पक्षले शव बुझ्न मानेको छैन । मिर्गौलामा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका– १३, कुदुकी २८ वर्षीया यशुदा मल्ल आरसीको गलत सुईको प्रयोगबाट मृत्यु भएको भन्दै पीडित पक्षले क्षतिपूर्ति र राहतको माग गरिरहेको छ ।

उनको शव पाँच दिनदेखि अस्पतालमै छ । आफन्तले समयमा शव नबुझ्दा गन्हाउन थालेको छ । घटनाका कारण अस्पतालको उपचार सेवा समेत प्रभावित भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर