newskoseli.Com

यस्तो छ ‘सुल्तान’ काे ट्रेलर

बलिउड नायक सलमान खानको चलचित्र हेरेर रमाउने दर्शकका लागि खुसीको खबर छ । सलमानले अभिनय गरेको नयाँ चलचित्र ‘सुल्तान’को ट्रेलर सार्वजनिक भएको छ ।

३ मिनेट १८ सेकेन्ड लामो ट्रेलर छ, उक्त टेलर हेरेर अनुमान लगाउन सकिन्छ की यस चलचित्रलाई निर्देशकले सलमानको एक्सन र आँशुको मेल गराउने प्रयाश गरेका छन् । सुरुवातमै सलमानको आगमन विषेश प्रकारकाे छ । चलचित्रमा सलमान खान र नायिका अनुष्का शर्मा मुख्य भूमिका रहेकाे छ ।

यस चलचित्रमा सलमान ‘सुल्तान’ बनेका छन् भने अनुश्का ‘आरफा’को भूमिकामा छिन् । दुबैले पहलमानको भूमिका सुहाउँदो ढंगले निर्वाह गरेका छन् । यशराज फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई अली अब्बास जफरले निर्देशन गरेका छन् । यो चलचित्र जुलाई ८ बाट अल नेपाल रिलिज हुँदैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर