newskoseli.Com

मुख्यमन्त्रीको उर्दी अस्पताललाई : २४ घन्टामा सम्पूर्ण विवरण उपलब्ध गराऊ !

प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अञ्चल अस्पतालको सम्पूर्ण विवरण २४ घन्टाभित्र प्रदेश सरकारलाई उपलब्ध गराउन निर्देशन दिएका छन् ।

अस्पतालका सम्बन्धमा विभिन्न गुनासा आउन थालेपछि सोमबार आकस्मिक निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतसहितको टोलीले निरीक्षण गर्दै अस्पतालको दरबन्दी, हाल कार्यरत चिकित्सक तथा कर्मचारीसहितको विवरण २४ घन्टामा उपलब्ध गराउन निर्देशन दिएका हुन् । अस्पताल विकास समिति विघटन भई अञ्चल अस्पताल प्रदेश सरकार मातहत आइसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारकै रहेको मुख्यमन्त्री राउतले बताए ।

विकास समितिमा लामो समयदेखि काम गर्दै आएका कर्मचारीलाई व्यवस्थापन गर्ने दायित्व अब प्रदेश सरकारको रहेको उनले उल्लेख गरे । अस्पताललाई प्रदेशको केन्द्रीय अस्पताल मात्र नभर्इ शिक्षण अस्पतालकै रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री राउतले बताए ।

निरीक्षण टोलीमा सामाजिक मन्त्री नवलकिशोर साह, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित मुख्य सचिव हरिप्रसाद फुँयालसहित सहभागी रहेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर