newskoseli.Com

अमिताभ बच्चनले तिरिदिए १४ सय किसानको ऋण !

बलिउड अभिनेता अमिताभ बच्चनले एकैसाथ सयौं किसानको ऋण तिरिदिएका छन् ।

उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरिदिएको उनले बताएका छन् । यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् ।

किसानको ऋण चुक्ताबारे बच्चनले आफ्नो ब्लगमार्फत मंगलबार जानकारी दिएका हुन् । यसबाट आफूलार्इ एउटा काम पूरा गरेको महशुस भैरहेको पनि उनले बताए । एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् ।

उनले बैंक अफ इन्डियासँग सम्झौता गरेर एकमुस्ट ऋण चुक्ता गरिदिएका हुन् । बच्चनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने इच्छा व्यक्त गरेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर