newskoseli.Com

आँप खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

आँपको सिजन नजिकिएको छ । नेपाली जनजीवनमा आँपलाई फलफूलको ‘राजा’ भनेर पनि चिन्ने गरिएको छ । आँपको सिजन नजिकिएसँगै आँप खानेहरुको संख्या पनि बिस्तारै बढ्दै गएको छ । आँप खाँदा तपाईंले चाहिँ कत्तिको ध्यान पुर्याउनु भएको छ ? यी कुरामा ध्यान पुर्याउनु भएन भने आँप स्वास्थ्यका लागि लाभदायक नहुन पनि सक्छ ।

त्यसो त विज्ञहरुले समेत आँप खान सल्लाह दिने गरेको पाइन्छ । फलफूलले शरीरलाई स्वस्थ र तन्तदुरुस्त राख्न मद्दत पुग्दछ । त्यसैले पनि आँप खाने सल्लाह दिइने गरिन्छ । यद्यपि आँप खाँदा हामी आफैंले पनि ध्यान पुर्याउनुपर्ने केही कुराहरु छन् । ती कुराहरुमा ध्यान पुर्याउन नसकेको खण्डमा आँपले स्वस्थ्यलाई बेफाइदा समेत गर्न सक्दछ ।

प्राकृतिक रुपमा पाकेका नभई रसायान हालेर कृत्रिम रुपमा पकाइएका आँपहरुको बजारमा बिगबिगी नै रहेको छ । तपाँइले खरिद गरी खान लाग्नुभएको आँप तिनै रसायान हालेर पकाइएकामध्येकै त होइनन् ? खासगरी आँप असारको दोस्रो सातादेखि साउनको समयमा पाक्ने फल हो । अहिले पनि बजारमा पहेंलपुर भएर पाकेका आँपहरु पाइन्छन् । यी रसायान हालेर पकाएका आँप हुन् । यसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्दछ । त्यसैले विशेष ध्यान पुर्याउनु आवश्यक छ ।

रसायान हालेर पकाइएको आँपले यसको स्वास्थ्यबर्द्धक गुणलाई नै बिगारी नकारात्मक प्रभाव पार्ने गुणमा बदलिदिन सक्छ । व्यवसायीहरुले आर्थिक लाभको मोहमा परी ‘कार्बाइड’ नामक रसायान हाली आँप पकाउने गरेकाे जानकारहरु बताउँछन् ।

यस्तो रसायानको बढी प्रभाव परेको आँप २४ घन्टाभित्रै पाकेर पहेंलपुर हुन सक्छ । त्यसले बान्ता आउने, पेट दुख्ने, पखाला लाग्ने जस्ता असरहरु हुने विज्ञहरुको भनाइ छ । त्यसैले आँप खानुभन्दा पहिले यी कुरामा ध्यान पुर्याउनु आवश्यक छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर