newskoseli.Com

यस्ताे छ बहुउपयोगी र गुणकारी दहीकाे महिमा…

दही खाँदा मिठो हुने मात्रै होइन, याे बहुगुणकारी पनि छ । दहीले मानिसलाई स्वस्थ रहन सहयोग गर्ने मात्रै होइन, दही सुन्दरताका लागि पनि प्रयोग गर्न सकिन्छ । दहीमा क्याल्सियमको मात्रा अधिक हुन्छ । क्याल्सियमका अलावा प्रोटिन, लेक्टोज, आइरन र फस्फोरस पनि दहीमा पाइन्छ । जसका कारण दही अधिक पोषक हुने जानकारहरु बताउँछन् ।

जानकारहरुले दहीको यही गुणको कारणले दहीबाट पाइने र लिन सकिने फाइदाहरु पनि विविध किसिमका रहने बताँउदै आएका छन् । यहाँ दहिले मानवीय सुन्दरता बढाउन सहयोग गर्ने सम्बन्धमा चर्चा गरिएको छ । विज्ञहरुले अनुसन्धानग गरेर यस्तो बताएका हुन् ।

  • अनुहारमा दही लगाउनाले छाला कोमल हुन्छ र बिस्तारै निखार पनि आउँछ । दहीले अनुहारको मसाज गर्ने हो भने ब्लिचको काम गर्दछ । यसकाे कुनै साइड इफेक्ट समेत हुँदैन ।
  • खाने कुरा नपच्नेहरुका लागि दही सेवन लाभदायक हुन्छ । दही सेवन गर्नाले खाने कुरा राम्रोसँग पच्छ ।
  • त्यसैगरी दहीमा पाइने क्याल्सियमले हाड र दाँत बलियो पार्नमा सकारात्मक भूमिका निर्वाह गर्दछ । यसले अस्टियोपोरिसिस जस्तो रोगसँग लड्न मद्दत गर्छ ।
  • आयुर्वेदका अनुसार राति दही सेवन गर्नु नहुने भए पनि दहीले उच्च रक्तचापका रोगीलाई फाइदा गर्दछ ।
  • दही कपालमा लगाउनाले चाया हट्नुका साथै कपाल नरम अनि चमकदार हुन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर