newskoseli.Com

काठमाडौंमा कोरियन प्रविधिको निःशुल्क थेरापी सेवा

राजधानीमा कोरियन प्रविधिको थेरापीमार्फत स्वस्थ्य सेवा प्रदान गर्न थालिएको छ ।

लामो समय अमेरिकामा बसेर फर्केका बाँकेका प्रमेश शर्माले कोरियामा निर्मित थेरापी मेसिन नेपाल ल्याएर सेवा दिन थालेका हुन् । उक्त थेरापी मेसिनले शरीरमा तापक्रम बढाएर विकार पदार्थ बाहिर निकालेर सन्तुलन कायम गर्ने उनले बताए । ‘बायो सेरामिक स्टेन’बाट बनेको कोरियन मेसिनद्वारा सेवा प्रदान गरिने जानकारी उनले दिए ।

दक्षिण कोरियामा भने एक दशक अघिदेखि यस प्रकारको थेरापी उपचार पद्धतिको सुरु भएको हो । थेरापी सेन्टरको उदघाटन गर्दै सङ्घीय सांसद प्रदीप यादवले स्वस्थ जीवनयापनका लागि थेरापीले सहयोग गर्ने बताउँदै निःशुल्क सेवा प्रदान गरिनु निकै सकारात्मक भएको उल्लेख गरे ।

विदेशबाट फर्केर केही गर्छु भन्ने सोचका साथ आफूले निःशुल्क सेवा प्रदान गर्न थेरापी सेन्टर सञ्चालनमा ल्याएको ‘काइनोज नेपाल’ का सञ्चालक शर्माले बताए । उक्त सेन्टरमा मेरुदण्ड, टाउको, खुट्टा र हातको थेरापी गरिनेछ । थेरापीबाट घुँडा, जोर्नी, कम्मर र ढाडको दुखाइ, रक्तचाप, मुटु र आँखालगायतका सममस्याको समाधान गर्न सहयोग मिल्ने जानकारी उनले दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर