newskoseli.Com

१५६औं पटक रक्तदान गरे यी प्रेमसागरले !

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६औं पटक रक्तदान गरेका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि मंगलबार उनले रक्तदान गरेका हुन् । सो अवसरमा अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले रक्तदानको निरन्तरताका लागि रक्तदाता कर्माचार्यलाई बधाई दिँदै रक्तदानका लागि समाजमा अझै जनचेतनाको आवश्यकता रहेको बताए ।

अस्पतालको रक्तसञ्चार सेवा विभागका प्रमुख पर्शुराम दाहालले रगतको सहज आपूर्तिका लागि अध्यक्ष कर्माचार्यको योगदान महत्त्वपूर्ण रहँदै आएको बताए । आफूले हरेक तीन महिनाको अन्तरालमा रक्तदान गर्दै आएको अध्यक्ष कर्माचार्यले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर