newskoseli.Com

पखाला लागेर अस्पताल पुगेकालाई ‘डेट एक्पायर्ड’ स्लाइन !

सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पतालमा बिरामीलाई म्याद गुज्रेको (डेट एक्पायर्ड) स्लाइन दिइएको फेला परेको छ ।

पखला लागेर उपचार गराउन अस्पताल पुगेकी मलङ्गवा– ३ की ४५ वर्षीया उषादेवीलाई म्याद गुज्रेको ‘आरएल’ स्लाइन पानी दिएको भेटिएको हो ।

उपचार गराउन सोमबार बिहान अस्पताल पुगेकी उषालगायत अन्य तीन जनालाई चिकित्सकले म्याद गुज्रेकै स्लाइन पानी चढाइरहेको भेटिएको हो । बिरामी परेपछि घरका व्यक्तिले अस्पताल पुर्‍याएको र पछि आफू जाँदा स्लाइन पानी म्याद गुज्रेको फेला परेको उनका छोरा साजन चौधरीले बताए ।

तीन महिना पहिले नै म्याद गुज्रिसकेका स्लाइन पानी चढाएको देखेपछि आफूले त्यसलाई तुरुन्त रोक्न लगाएको जानकारी उनले दिए । ‘म्याद गुज्रेको स्लाइनको प्रयोगका कारण घर लग्नासाथ आमालाई ज्वरो आयो’– उनले भने । मलङ्गवामै रहेको एक निजी क्लिनिकमा आमालाई उपचार गराइएको उनले बताए ।

अस्पतालजस्तो संवेदनशील स्थानमा लापरबाही गर्नेलाई कानुन अनुसार कार्बाही हुनुपर्ने माग उनले गरे । बिरामीको चाप धैरे भएकाले सबैलाई एकैचोटि उपचार गर्न खोज्दा हतारमा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको अस्पतालका सुपरिटेन्डेन्ट वीरेन्द्रकुमार मण्डलले बताए ।

भण्डारमा म्याद भएका र गुज्रेका औषधि एकै ठाउँमा रहेकाले हतारमा झिक्दा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको दावी उनले गरे । सो क्रममा लापरबाही गर्नेलाई कारबाही गरिने प्रतिबद्धता उनले जनाएको राससले उल्लेख गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर