newskoseli.Com

नारायणगोपालको नयाँ संगीत फेला पर्‍यो : रामकृष्ण ढकालले स्वर भर्ने…

‘स्लो बिट’ को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको आफ्नोपन चिनाउँछ ।

‘स्वरसम्राट’ नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको ‘अडियो रेकर्ड’ भेटिएको छ । र, त्यस धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ ।

केही समयअघि फेला परेको उक्त संगीत विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालको स्वरलहरीले सजिने भएको छ ।

नारायणगोपालका गीत–संगीत र उनका अप्रकाशित सामग्रीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेको खबर अजवी पौड्यालको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर