newskoseli.Com

ल्वाङ खाँदाका यस्ता छन् फाइदाहरु !

बोटमा छँदा बासनादार फूल हुन्छ ल्वाङ, जसलाई सुकाएर मसला बनाइन्छ ।

यसमा औषधीय गुणयुक्त युजेनल नामक तत्त्व हुन्छ, त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको समाधान गर्छ ।

ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ, जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ ।

ल्वाङको सेवनले रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले छालालाई नरम र चम्किलो बनाइराख्न मद्दत पुर्‍याउँछ ।

ल्वाङमा हुने पोटासियम र भिटामिन एको मात्राले शरीरमा कमजोरीपन आउने समस्या हटाउन सहयोग गर्छ । ल्वाङले आँखाको ज्योतिलार्इ कायम राख्न मद्दत गर्नुका साथै पिनासको जोखिमलाई समेत कम गर्छ ।

ल्वाङ हालेको चिया नियमित पिउँदा दाँत बलियो हुने र मुखभित्रका घाउ निको हुने हुन्छ । त्यसैगरी, ल्वाङले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ । मंगलबारको नयाँ पत्रिका दैनिकबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर