
डोटीमा ७० प्रतिशतभन्दा बढी मोतियाबिन्दुका बिरामी रहेको पाइएको छ ।
गेटा आँखा अस्पताल, कैलालीको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय डोटीको सहयोगमा भएको निःशुल्क आँखा शिविरमा जटिलखालको मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको आँखा रोग विशेषज्ञ डा अर्जुन श्रेष्ठले बताए।
जिल्लाको लाटामाण्डौ गाविसको गोपघाटमा भएको आँखा शिविरमा ५५० जनाले सेवा लिएका थिए । जसमा ९३ जनाले सल्यक्रिया गरेका छन् ।
त्यसैगरी दुर्गामाण्डौ गाविसको वायलमा ४०० जनाले आँखा जँचाएकामा ६९ जनाले सल्यक्रिया गरेका छन् । चवराचौतारामा ३८८ जनाले आँखा जँचाएकामा ४७ जनाले सल्यक्रिया गरेको क्याम्प इन्चार्ज मेघराज भट्टले बताए ।
त्यसैगरी गत शुक्रबारदेखि जिल्ला अस्पताल डोटीमा भएको शिविरमा ४९२ जनाले आँखा जाँच गराएका छन् । जसमा १६० जनाको सल्यक्रिया भएको छ ।
डोटीका तीन गाविस र नगरपालिकामा गरेको आँखा शिविरमा डोटीमा मोतियाबिन्दुको प्रकोप बढेको पाइएको छ । यस्तै तवरले आँखाका बिरामी बढ्दै गएमा समस्या निम्तने शिविरमा संलग्न चिकित्सकले बताएका छन् ।